Wednesday, September 11, 2024

म हजारौ लाखौ गल्ती हरुको पाहाड हुं

म हजारौ लाखौ 

गल्ती हरुको पाहाड हुं 

म गल्तीहरुको चुचुरोमा वसेर 

आफ्नै गल्तीहरु पढ्दै छु 

ती गल्ती भित्रको 

पत्र पत्र केलाउदै छु 

अनि केही जानी जानी 

केही अञ्जानमा भएका 

ती गल्ती अनि मुर्खतामा 

म मरी मरी हाँसीरहेको छु 

अनि आफैलाइ भनी रहेको छु 

त कति खराब थिइस 

ल हेर 

आफैलाइ आफैतिर फर्काएर 

दायाँ बायाँ घोप्ट्याएर 

आफैले आफैलाइ प्रश्न तेर्‍स्याएर 

आफैले आफैलाइ 

सोधे पछि थाहा भो 

म त केही पनि होइन रहेछ 

मात्र गल्ती र अहङ्कारहरुको 

भव्य पहाड रहेछु 

दिन दिनै 

आफैलाइ थाहै नदिइ 

अहङ्कारको उचाइ बढाउँदै रहेछु 

जुन दिन यो ढन्छ 

त्यो दिन 

अहंकार र अहम सकिन्छ 

अनि नवीन म जन्मिन्छु 

No comments:

Post a Comment